Employment Sector Reform Dialogue Forum को सातौं शृङ्खला “ग्रामिण क्षेत्रमा उद्यमशीलता विकास र रोजगार प्रवर्द्धन” विषयमा केन्द्रित रही यहि मिति २०८१ माघ २४ गते (६ फेब्रुअरी, २०२५) का दिन बेलुका ७ः१५ बजे देखि ८ः४५ बजेसम्म अनलाईन गुगल मिट मार्फत बहस, छलफल एवम् सम्वाद गर्नेछौं । यस छलफल कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री हुमकला पाण्डे, देवदह नगरपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद सापकोटा र भद्रपुर नगरपालिका, झापाका रोजगार संयोजक श्री टिका राम पाण्डे (दिपक) ज्यू प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस कार्यक्रममा निम्न विषयवस्तुहरुमा बहस एवम् छलफल गरिनेछ ।

१. ग्रामीण क्षेत्रमा उद्यमशीलता विकासको वर्तमान अवस्था, समस्या, चुनौती र संस्थागत संरचना

२. उद्यमशीलता विकास एवम् प्रवर्द्धनका लागि स्थानीय सरकारबाट भएका पहल/प्रयासहरु

३. ग्रामिण क्षेत्रमा उच्च सम्भावना भएका उद्यमशील क्षेत्रहरुको विकासमा स्थानीय सरकारको योगदान

४. उद्यमशीलता विकासका अवसर र सम्भावना

५. उद्यमको सफलताको लागि बजार सम्बन्धको योगदान

६. नेपालमा उद्यमशीलता विकास एवम् प्रवर्द्धनको मार्गचित्र

यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः

https://forms.gle/2uHjombWaGp67cNt6