• नेपाल र साउदी अरबबीच २०८२ माघ १२ (जनवरी २५, २०२६) मा साउदीको रियादमा द्विपक्षीय श्रम सम्झौता (Bilateral Labour Agreement) भएको ।
  • नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अल-राजीले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
  • साउदी अरबमा नेपाली श्रमिकहरूको भर्ना प्रक्रियालाई पारदर्शी बनाउनु, श्रमिकको अधिकार संरक्षण गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु यसको मुख्य उद्देश्य रहेको छ ।
  • यो सम्झौता अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को मापदण्ड र साउदी श्रम कानून अनुरूप गरिएको छ ।
  • नेपालको साउदीसँग श्रम सम्झौता भएसँगै श्रम सम्झौता हुने देशको संख्या १३ पुगेको छ ।
  • यो सम्झौताको अवधि पाँच वर्षको रहेका छन् र अवधि समाप्त हुनुभन्दा दुई महिना अगाडि लिखित सूचना नदिइए पुनः नवीकरण हुनेछ ।
  • साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौता भएको छ ।

साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । द्विपक्षीय श्रम सम्झौताको अभावमा नेपाली श्रमिकहरूले दोहोरो करार, अत्यधिक भर्ना शुल्क, तलब नपाउने समस्या, कानुनी संरक्षणको अभाव जस्ता समस्याहरु भोग्दै आएको थियो ।

द्विपक्षीय सम्झौताका प्रमुख विशेषताहरू

** पारदर्शी र सुरक्षित श्रमिक भर्ती प्रणाली बनाउन

** करार (Contract) अनुसार काम, तलब र सुविधा सुनिश्चित गर्न

** अनावश्यक शुल्क र ठगी नियन्त्रण गर्न

** श्रमिकको उजुरी सुन्ने र समाधान गर्ने संयन्त्रको व्यवस्था

** श्रम अधिकार उल्लङ्घन भए कानुनी उपचारको व्यवस्था

** दुई देशबीच संयुक्त प्राविधिक समिति गठन गरी कार्यान्वयनको निगरानी

साउदी सरकारको दायित्व

नेपाली श्रमिकको रोजगार सम्बन्धी आवेदनमा प्रस्तावित कामको प्रकृति, आवश्यक योग्यता, रोजगारीका प्रकार तथा प्रदान गरिने सेवा सर्त, पारिश्रमिक, गैर पारिश्रमिक सुविधा, आवश्यक परे आवास तथा यातायात, सेवा अवधि अन्त्यमा प्राप्त हुने सुविधा तथा अन्य सम्बन्धित सर्त स्पष्ट रुपमा उल्लेख गरिने सुनिश्चितता साउदी सरकारको हुनेछ ।

नेपाल सरकारको दायित्व

वैदेशिक रोजगारीमा साउदी जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण, तालिम, साउदीमा कानुन उल्लंघन गर्ने श्रमिकलाई स्वदेश फिर्ती गराउने, विश्वसनीय चिकित्सकीय केन्द्रमार्फत विस्तृत स्वास्थ्य परीक्षण गराई भर्ना गरिने श्रमिकको आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका सरुवा रोगबाट मुक्त रहेको सुनिश्चित गर्ने लगायतको दायित्व नेपाल सरकारको हुनेछ ।

नेपालसँग श्रम सम्झौता भएका देशहरू

  1. कतार (Qatar) – सन् २००५
  2. दक्षिण कोरिया (Republic of Korea) – सन् २००६/२००७
  3. बहराइन (Bahrain) – सन् २००८
  4. जोर्डन (Jordan) – सन् २०१७
  5. मलेसिया (Malaysia) – सन् २०१८
  6. संयुक्त अरब इमिरेट्स (UAE) – सन् २०१९
  7. जापान (Japan) – सन् २०१९
  8. मरिसस (Mauritius) – सन् २०१९
  9. इजरायल (Israel) – सन् २०२०
  10. बेलायत (United Kingdom) – सन् २०२२
  11. रोमानिया (Romania) – सन् २०२३
  12. जर्मनी (Germany) – सन् २०२३
  13. साउदी अरब (Saudi Arabia) – सन् २०२६

Categorized in:

PSC Materials, Publication,

Last Update: February 7, 2026