रोजगार, सीप तथा उद्यामणीलता केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८.. (मस्यौदा) प्रस्तावना: नागरिकलाई सम्मानजनक रोजगारीको अवसर सुनिश्चित गर्न, सीपयुक्त जनशक्तिको विकास एवम्‌ परिचालन गर्न, स्थानीय तहमा रोजगार प्रवर्धन गर्न, श्रम बजार व्यवस्थापन एवम्‌ सुधार गर्न, श्रम सुशासन कायम गर्न, वैदेशिक रोजगारलाई सहज, सुरक्षित, मर्यादित र शोषणरहित बनाउन तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहजीकरणमार्फत रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्धनलाई एकीकृत रूपमा अगाडी बढाउन विभिन्न निकायहरुबीच समन्वय र सहकार्य गरी एकीकृत रोजगारमूलक सेवा प्रवाह सुनिश्चित गर्न रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्न वाञ्छनीय भएकोले यो कार्यविधि तर्जुमा गरिएको छ ।

परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम “रोजगार,,सीपतथा उद्यमशीलता केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८.. (मस्यौदा):,रहेको,छ । (२) यो कार्यविधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नेलागेमा यस कार्यविधिमा, (क) “ऐन” भन्नाले रोजगारीको हैक सेम्बन्धी ऐन, २०७५ सम्झनुपर्छ ।

(ख) “नियमावली? भेन्नालेशोजगारीको हक सम्बन्धी नियमावली २०७५ सम्झनुपर्छ ।