श्रम तथा रोजगारीका मुद्दा, रोजगारीका उदीयमान अवसर तथा सम्भावना, श्रम बजार व्यवस्थापनका सवाल र स्थानीय तहहरुले गर्नुपर्ने काम तथा चाल्नुपर्ने कदमहरुको बारेमा Employment Sector Reform Dialogue Forum को विभिन्न शृंखलाहरुमा भएको बहस तथा छलफलको आधारमा उठान भएका विषयवस्तुहरुलाई समेटेर यो स्थानीय श्रम तथा रोजगार व्यवस्थापन ऐन (नमुना) तयार गरेको छु । श्रम तथा रोजगारलाई स्थानीयकरण गर्न तथा स्थानीय तहहरुले यो क्षेत्रमा अपनत्व र नेतृत्व ग्रहण गरी श्रम बजारलाई गतिशील एवम् चलायमान बनाउन अहम् भूमिका खेल्नु पर्दछ । यो नमुना ऐनको मस्यौदामा अनिवार्य समेट्नु पर्ने विषयवस्तु वा अन्य कुनै सल्लाह सुझाव भए पृष्ठपोषण गर्नु हुन सम्बन्धित सबैलाई खुला अपिल गर्दछु ।
