Employment Sector Reform Dialogue Forum को पन्ध्रौं शृङ्खला “कामको भविष्यका लागि रूपान्तरणकारी सीपहरू (Transforming Skills for the future of work)” विषयमा केन्द्रित रही यहि मिति २०८२ असोज ३० गते (१६ अक्टोबर, २०२५) का दिन बेलुकी ७.३० देखि ९.०० बजेसम्म अनलाईन (Google Meet) मार्फत बहस, छलफल एवम् सम्वाद गर्दैछौं । यस छलफल कार्यक्रममा आई.एल.ओ./विश्व बैंक/ए.डि.बी. का TVET Expert Consultant श्री महेश हाडा ज्यू किनोट स्पिकरको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस अनलाईन सम्वाद् कार्यक्रममा निम्न विषयवस्तुहरुमा केन्द्रित रही बहस एवम् छलफल गरिनेछ ।
- कामको बदलिदो प्रकृतिबारे जानकारी (Understanding the changing nature of work)
- भविष्यमा रोजगारीका लागि उदीयमान सीपहरू (Emerging skills for future jobs)
- सीप रूपान्तरणमा उद्योग, एकेडेमिया, तालिम प्रदायक संस्था, निजी क्षेत्र र रोजगार सेवा केन्द्रको भूमिका (Role of Industry, Academia, Training Institutions, Private sectors and Employment Service Centers in skills transformation)
- डिजिटल रूपान्तरण र रोजगारीको भविष्य (Digital Transformation and future employment)
यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः
https://forms.gle/9vatCyByW59ysVoH8
