Employment Sector Reform Dialogue Forum को सोह्रौं शृङ्खला “रोजगार सेवा केन्द्रहरुको आवश्यकता र सान्दर्भिकता (The Necessity and Relevance of Employment Service Centers)” विषयमा केन्द्रित रही यहि मिति २०८२ कात्तिक २७ गते (१३ नोभेम्बर, २०२५) का दिन बेलुकी ७.३० देखि ९.०० बजेसम्म अनलाईन (Google Meet) मार्फत बहस, छलफल एवम् सम्वाद गर्दैछौं । यस छलफल कार्यक्रममा तिनाउँ गाउँपालिका, पाल्पाका रोजगार संयोजक श्री कृष्ण ज्ञवाली, रोजगार सूचना केन्द्र (गण्डकी प्रदेश) का केन्द्र प्रमुख श्री दामोदर बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख श्री सुनिता गजुरेल र राष्ट्रिय गाउँपालिका महासंघ नेपालका कार्यकारी निर्देशक श्री राजेन्द्र प्रसाद प्याकुरेल ज्यू किनोट स्पिकरको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस अनलाईन सम्वाद् कार्यक्रममा निम्न विषयवस्तुहरुमा केन्द्रित रही बहस एवम् छलफल गरिनेछ ।
- रोजगार सेवा केन्द्रहरूको विद्यमान समस्या र सञ्चालनका चुनौतीहरू (Existing Problems and Operational Challenges of Employment Service Centers)
- रोजगार सेवा, करियर परामर्श, सीप विकास र श्रम बजार सूचनाको एकल बिन्दु सेवा केन्द्रको रूपमा रोजगार सेवा केन्द्र (ESCs as One-Stop Centers for Employment Services, Career Counseling, Skill Development, and Labor Market Information)
- स्थानीय रोजगार प्रवर्द्धन र श्रम सुशासन सुधारका लागि रोजगार सेवा केन्द्र (ESCs for local employment promotion and labor governance Reform)
- रोजगार सेवा केन्द्रहरूको संस्थागत दिगोपना र प्रभावकारिताको सुनिश्चितता (Ensuring the Institutional Sustainability and Effectiveness of Employment Service Centers)
यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः
