Employment Sector Reform Dialogue Forum को दशौं शृङ्खला “शिक्षा, सीप र रोजगारी” विषयमा केन्द्रित रही यहि मिति २०८२ बैशाख २५ गते (८ मे, २०२५) का दिन बहस, छलफल एवम् सम्वाद गर्नेछौं । यस छलफल कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका पूर्व डीन प्रा.डा. श्री चित्र बहादुर बुढाथोकी र नेपाल सरकारका सहसचिव श्री एकदेव अधिकारी ज्यू प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस कार्यक्रममा निम्न विषयवस्तुहरु माथि बहस, छलफल एवम् सम्वाद गरिनेछ ।
- शिक्षा, सीप र रोजगारीको अवधारणा र अवस्था
- शिक्षा, सीप र रोजगारी क्षेत्रका मुख्य समस्या
- सामाजिक आर्थिक विकासमा शिक्षा, सीप र रोजगारीको योगदान
- शिक्षा, सीप र रोजगारीमा तहगत सरकारका भूमिका
- शिक्षा, सीप र रोजगारी क्षेत्र सुधारका लागि चाल्नु पर्ने कदम
यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः
