Employment Sector Reform Dialogue Forum को आठौं शृङ्खला “श्रम सुशासनका अवस्था (भाग-१) – श्रम आप्रवासन” विषयमा केन्द्रित रही यहि मिति २०८१ फागुन २२ गते (६ मार्च, २०२५) का दिन बहस, छलफल एवम् सम्वाद गर्नेछौं । यस छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव श्री बसन्त बहादुर बोहरा र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (नेशनल नेटवर्क फर सेफ माईग्रेसन) का अध्यक्ष श्री चिरन्जिवी बराल ज्यू प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस कार्यक्रममा निम्न विषयवस्तुहरु माथि बहस, छलफल एवम् सम्वाद गरिनेछ ।

  • श्रम आप्रवासनको अवस्था र प्रवृति
  • असुरक्षित श्रम आप्रवासनको प्रभाव
  • नेपालको विकासमा श्रम आप्रवासन र रेमिट्यान्सको योगदान
  • श्रम आप्रवासन सुदृढीकरण सम्बन्धी पहलहरू
  • श्रम आप्रवासन व्यवस्थापनका असल अभ्यासहरू

यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः

https://forms.gle/goVTFkVs5g8UWNdE6

Categorized in:

Upcoming Events,

Last Update: February 27, 2025