परिच्छेद ४ उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा ४.१ श्रम तथा रोजगारी १. पृष्ठभूमि आन्तरिक श्रम बजारको प्रशोचन क्षमता कम हुँदा श्रम बजारमा प्रवेश भएका अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ । दैनिक ठूलो संख्यामा युवा विदेशिने गरेका र विप्रेषण आय कुल गार्हस्थ्य उत्पादनको अनुपातमा एक चौथाईको हाराहारी रहेको छ । नेपाल एकात्मक राज्य व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा रुपान्तरण भएको परिवेशमा तीन तहका सरकारबीच संविधान र अन्य प्रचलित कानून बमोजिम जिम्मेवारी र अधिकारको बाँडफाँड भएको स्थिति, विश्वव्यापीकरणको वर्तमान परिवेशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा साझा प्रयत्न तथा प्रतिवद्धता समेत भएको अवस्था एवम्‌ नेपाल हाल जनसांख्यिक लाभको स्थितिमा रहेको अवस्था रहेको छ ।

साथै, न्यूनतम पारिश्रमिकको कानूनी व्यवस्था, बाल श्रम निवारण गुरूयोजना कार्यान्वयन र रोजगार सेवा केन्द्रको स्थानीय तहसम्म विस्तार भएको परिवेशमा देशभित्रको श्रम बजारमा भएका सबै किसिमका शोषण र विभेदको अन्त्य गर्दै असल औद्योगिक सम्बन्ध कायम गर्न तीन तहका सरकारबीच उचित सहकार्यको विस्तार, वैदेशिक रोजगारीको लागि नयाँ-नयाँ गन्तव्य खुल्दै गएको स्थिति र सामाजिक सुरक्षाको विषयमा श्रमिक तथा रोजगारदातामा समेत सचेतना बढ्दै गएको लगायतका अवसर छन्‌ ।

हाल १११ वटा मुलुकमा संस्थागत रूपमा र १७८ वटा मुलुकमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान खुला गरिएका र १२ वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता भएको छ ।

स्रोतः राष्ट्रिय योजना आयोग

Categorized in:

Download, Publication,

Last Update: October 30, 2026