Employment Sector Reform Dialogue Forum को नवौं शृङ्खला “वृत्ति विकासमा सीप तथा रोजगार मेला” विषयमा केन्द्रित रही यहि मिति २०८१ चैत्र २८ गते (११ अप्रिल, २०२५) का दिन बहस, छलफल एवम् सम्वाद गर्नेछौं । यस छलफल कार्यक्रममा कन्नेक्ट एच.आर. का अध्यक्ष एवम् लिडरसिप कोच श्री अजय रेग्मी र काठमाडौं युनिभर्सिटी, स्कुल अफ एजुकेशनका एजुकेशनल लिडरसिप श्री रमिला सुवेदी ज्यू प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस कार्यक्रममा निम्न विषयवस्तुहरु माथि बहस, छलफल एवम् सम्वाद गरिनेछ ।

  • वृत्ति विकास किन
  • वृत्ति विकासले श्रम बजारमा पार्ने प्रभाव
  • वृत्ति विकासमा सीप तथा रोजगार मेलाको योगदान
  • वृत्ति विकासमा डिजिटल प्लेटफर्मको प्रयोग
  • वृत्ति विकासको दीर्घकालीन सञ्चालन
  • वृत्ति विकासमा रोजगार सेवा केन्द्र

यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः

https://forms.gle/R669732j2hNmq5LP8

Categorized in:

Upcoming Events,

Last Update: March 31, 2025