- नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेको छ । शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेको छ ।
- प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत रहेको छ ।
- ३०९ ओटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४४४ ओटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ ।
- स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशसम्म रहेको छ ।
- जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा सबैभन्दा बढी गरिबीको दर ७७.८९ प्रतिशत रहेको छ भने मुस्ताङको घरपझोङ गाउँपालिकामा सबैभन्दा कम अर्थात् १.१८ प्रतिशत गरिबीको दर रहेको छ ।
- गरिबीको रेखामुनि रहेको जनसङ्ख्या सबैभन्दा धेरै ९५९,२१८० काठमाडौँ महानगरपालिकामा रहेको छ । महानगरपालिकामा गरिबीको दर ६.८७ प्रतिशत रहेको छ ।
- जिल्लागत रुपमा गरिबी दर सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको अछाममा ४९.५८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको कास्कीमा ५.६३ प्रतिशत रहेको छ ।
- ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ ।
- नेपालमा सन् १९९० मा निरपेक्ष गरिबी ४९ प्रतिशत रहेकोमा सन् २०२३ मा २०.२७ प्रतिशतमा झरेको देखिन्छ । यसरी हेर्दा विगत ३३ वर्षमा २८.७३ प्रतिशतले निरपेक्ष गरिबी घटेको देखिन्छ ।
- सोह्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई १२.० प्रतिशतमा, गरिबी निवारण नीति, २०७६ ले गरिबीको रेखामुनी रहेको जनसंख्यालाई वि.सं. २०८७ सम्म ५ प्रतिशतमा र वि.सं. २१०० सम्म शुन्यमा झार्ने लक्ष्य लिएको छ ।
- सन् २०३० सम्म विश्वको सबै क्षेत्रबाट सबै प्रकारको गरिबीको अन्त्य गर्ने दिगो विकासको लक्ष्य रहेको छ ।
- विश्वमा हरेक दश जना मध्ये एक जना निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् ।
- विश्वको कुल जनसंख्याको ९.२ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् ।
- विश्वको गरिबीको अवस्था हेर्दा ९० प्रतिशत गरिबी अफ्रिका र दक्षिण एसियामा रहेको छ ।
सबैभन्दा बढी गरिबीको दर भएका दश जिल्ला

सबैभन्दा धेरै गरिबको जनसंख्या भएका दश जिल्ला

सबैभन्दा बढी गरिबीको दर भएका दश स्थानीय तह

सबैभन्दा कम गरिबीको दर भएका दश स्थानीय तह

सबैभन्दा धेरै गरिबको जनसंख्या भएका दश स्थानीय तह

जिल्लागत रुपमा गरिबीको अवस्था


स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय
