सुशासन मार्गचित्र, २०८२ मा रोजगार रोजगार (3100) क्षेत्रमा सुधारका लागि विगतमा गठन भएका विभिन्न आयोग, समिति तथा कार्यदलहरूले रोजगारी श्रजना र रोजगार क्षेत्रको सुधारका सन्दर्भमा विभिन्न सुझावहरू दिएको पाइन्छ । यसको साथै विगतमा आवधिक योजना, बार्षिक बजेट तथा विभिन्न विषयगत मन्त्रालयहरूको नीति कार्यक्रमहरूमा समेत रोजगारी सिर्जना र गरिवी निवारणसंग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन भएको देखिन्छ । विगतमा रोजगारीको सन्दर्भमा तर्जुमा गरिएका नीति तथा विभिन्न समितिले दिएका सुझावहरूको अध्ययन गर्दा राष्ट्रिय रोजगार नीति, २०७१ ले पहिलो पटक श्रम बजारमा माग र आपूर्तिको सूचना एकीकृत गर्न श्रम बजार सूचना प्रणाली (115) को अवधारणामा जोड दिएको देखिन्छ ।

यसको साथै प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, २०७५ मार्फत शुरु भएको सुधारको प्रयासले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्रको कानुनी संरचना खडा गरी बेरोजगारहरूको २९७1-1706 तथ्याङ्क सङ्कलनका लागि ‘रोजगार व्यवस्थापन सूचना प्रणाली’ (2115) को प्रयोगमा जोड दिएको देखिन्छ।

यसै क्रममा पन्ध्रों योजना (२०७६-२०८१) ले रोजगार सूचना केन्द्रहरूलाई सूचना सङ्कलनमा मात्र सीमित नगरी सीपमूलक तालिमलाई बजारको मागसँग जोड्न ‘श्रम बैंक’को अवधारणा र एकीकृत राष्ट्रिय रोजगार ढाँचाको आवश्यकतामा जोड दिएको र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सीप उपयोग सम्बन्धी अध्ययन, २०७७ ले विदेशबाट फर्केका श्रमिकहरूको सीप म्यापिङ गरी उनीहरूलाई स्वदेशमै उच्चमी बनाउन पुनःएकीकरण प्याकेज र सहुलियतपूर्ण .क्रण उपलब्ध गराउनको लागि सिफारिस गरेको थियो।

स्रोतः प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सुशासन मार्गचित्र २०८२

Categorized in:

Download, Publication,

Last Update: October 30, 2026