व्यवसाय संवर्द्धन केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ (मस्यौदा) प्रस्तावनाः मुलुकमा बढ्दो बेरोजगारी, वैदेशिक रोजगारप्रतिको निर्भरता, सीप र उद्यमबीचको अन्तर तथा स्थानीय स्रोत र सम्भावनाको न्यून उपयोगजस्ता समस्याहरुलाई सम्बोधन गर्न उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्धन, रोजगार एवम् स्वरोजगार सिर्जना, स्थानीय स्रोत तथा सीपको उपयोग, स्थानीय उत्पादन तथा सेवाको व्यावसायीकरण गर्न युवा, महिला, दलित, विपन्न, सिमान्तीकृत एवम् पिछडिएका समुदायलाई उद्यम विकासतर्फ आकर्षित गर्न, स्थानीय आवश्यकता, उद्यममैत्री वातावरण निर्माण तथा दिगो आर्थिक विकासको अवधारणालाई आत्मसात गर्दै नवउद्यमी तथा स्टार्टअपहरूलाई आवश्यक परामर्श, तालिम, प्रविधि, कार्यस्थल, वित्तीय पहुँच तथा बजार व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले शैक्षिक संस्था, निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार संस्था एवम् संघसंस्थाको साझेदारी तथा सहकार्यमा व्यवसाय संवर्द्धन सेवा स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४”को दफा ११-(२) (ञ) (९) ले दिएको अधिकार प्रयोग गरी …………
नगरपालिकाले व्यवसाय संवर्द्धन केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ तर्जुमा गरेको छ ।
परिच्छेद –१ प्रारम्भिक १.
यस मस्यौदा कार्यविधिका सन्दर्भमा कुनै आवश्यक राय सुझाव भए वेबसाईटको साईडबारमा रहेको Connect with Me मार्फत वा sandeepkumarsah210@gmail.com मार्फत दिनु होला ।
