Employment Sector Reform Dialogue Forum को एघारौं शृङ्खला “रोजगारमूलक बजेट र कार्यान्वयनका चुनौती” विषयमा केन्द्रित रही यहि मिति २०८२ जेठ २९ गते (१२ जुन, २०२५) का दिन बेलुकी ७ः३० बजेदेखि अनलाईन (गुगल मिट) मार्फत बहस, छलफल एवम् सम्वाद गर्दैछौं । यस छलफल कार्यक्रममा चन्द्रपुर नगरपालिका, रौतहटका किर्ती राज सुवेदी (अधिकृत आठौं तह) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्री कृष्ण प्रसाद सापकोटा (सहसचिव) ज्यू किनोट स्पिकर/प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । छलफलका विषयवस्तुहरु यस प्रकार रहेका छन् ।

  • रोजगारमूलक बजेटको अवधारणा र क्षेत्र
  • रोजगारमूलक बजेटको आवश्यकता
  • रोजगारमूलक बजेट विनियोजनमा उदासीन हुनुका कारणहरु
  • रोजगारमूलक बजेट कार्यान्वयनका चुनौती

यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः

https://forms.gle/v2oSR1jr7ft5j2q56

Categorized in:

Upcoming Events,

Last Update: June 9, 2025