Employment Sector Reform Dialogue Forum को बाह्रौं शृङ्खला “श्रम सुशासनः श्रम आप्रवासनको नेक्सस” विषयमा केन्द्रित रही यहि मिति २०८२ अषाढ २६ गते (१० जुलाई, २०२५) का दिन बेलुकी ७.३० देखि ९.०० बजेसम्म अनलाईन (Google Meet) मार्फत बहस, छलफल एवम् सम्वाद गर्दैछौं । यस छलफल कार्यक्रममा सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (CESLAM) का रिसर्च डाईरेक्टर श्री जीवन बानियाँ ज्यू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव श्री जीवलाल भुषाल ज्यू किनोट स्पिकर/प्यानलिष्टको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । छलफलका विषयवस्तुहरु यस प्रकार रहेका छन् ।
- श्रम आप्रवासन र रोजगारी
- श्रम आप्रवासन नीति र श्रम सुशासन
- श्रमिक भर्ना प्रक्रिया
- रेमिट्यान्स र अर्थतन्त्र
- फिर्ता अप्रवासी र पुनःएकीकरण
यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः
