आदरणीय सर/म्याडम
सादर नमस्कार
नेपालको श्रम बजार व्यवस्थापन तथा श्रम, रोजगार, श्रम आप्रवासन, सीप विकास, उद्यमशीलता विकास, पुनः एकीकरण लगायतका विभिन्न क्षेत्रहरुमा देखिएको कमी कमजोरी, समस्या, चुनौती एवम् अवसरहरुलाई बहस, सम्वाद तथा छलफलबाट परिपूर्ति गर्ने वा समाधानमा सहजीकरण गर्ने अभिप्रायले Employment Sector Reform Dialogue Forum को स्थापना मिति २०८१ साउन २४ गते (८ अगस्त २०२४) बिहीवारका दिन गरिएको थियो । नीति अनुसन्धान, सामाजिक सम्वाद, बहस र छलफलको माध्यमद्वारा नेपालको आन्तरिक श्रम बजार र वैदेशिक रोजगार प्रणालीलाई न्यायसंगत, समावेशी, गतिशील र मर्यादित बनाउन सहयोग, सहकार्य र सहजीकरण गर्ने सोंच राखेको छ ।
नेपालमा रोजगारीको क्षेत्रमा भएको संकुचन तथा व्याप्त बेरोजगारीको समस्यामा कमी ल्याउन सहयोग गर्ने; रोजगारी सिर्जना एवम् प्रवर्द्धन हुने विधि, प्रक्रियाको विकासमा सहयोग र सहजीकरण गर्ने; श्रम र रोजगारी सम्बन्धी समसामयिक विषयवस्तुमा छलफल, बहस र सम्वाद गर्ने; रोजगारी सिर्जना एवम् प्रवर्द्धनका क्रममा देखिएका समस्याहरुको समाधानमा सहयोग र सहजीकरण गर्ने; रोजगार व्यवस्थापनमा सरोकारवालाहरुको सहभागिता अभिवृद्धि गर्न सहयोग गर्ने; श्रम रोजगारीका विषयवस्तुहरुलाई राष्ट्रिय स्तरमा छलफलको केन्द्र बिन्दु बनाउन पहल र प्रयास गर्ने; रोजगारी सिर्जना एवम् प्रवर्द्धन गर्न तथा श्रम सुशासन कायम गर्न विभिन्न तह, निकाय र सरोकारवालाहरुको काम, कर्तव्य र भूमिका विषयमा आवश्यक सम्वाद गरी नेपालको रोजगारीका क्षेत्रमा सुधार गर्न आवश्यक सहयोग गर्ने; श्रम र रोजगारीको क्षेत्रमा काम गर्ने स्थानीय, प्रादेशिक, राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्था तथा पेशागत संघ/महासंघहरु रोजगारीका क्षेत्रमा सुधार गर्न सहकार्य गर्ने र यस क्षेत्रका अभ्यासकर्ताहरुको क्षमता विकासमा सहयोग गर्ने उद्देश्य राखेर २०८१ श्रावण महिनाको अन्तिम बिहीवारका दिन देखि बेलुकीको समय अनलाईन (Google Meet) मार्फत Employment Sector Reform Dialogue Forum शुरूवात गरेका थियौं । यस अभियानले मिति २०८२ श्रावण २२ गतेका दिन पहिलो बर्ष सफलतापूर्वक पुरा गर्दैछ ।
अभ्यासकर्ताहरुको साझा मञ्चका रुपमा रहेका यस फोरमले अभ्यासकर्ता र नीति निर्माताहरूका लागि सुधारात्मक कार्य गर्ने लक्ष्य राखेको छ । सामाजिक सम्वादका रुपमा रहेका यस बहस कार्यक्रमले सचेतनाका सार्थक प्रयास र प्रयत्नहरु गरेका छन् । फोरमको यस अभियानमा विभिन्न आदरणीय महानुभावहरूले किनोट स्पिकर, प्यानलिस्ट, प्रस्तुतकर्ता, अभ्यासकर्ता, नीति निर्माणकर्ता र कार्यान्वयनकर्ताका रुपमा जनाईरहनु भएको सहभागिता एवम् आवद्बता प्रति हार्दिक आभार व्यक्त गर्दछौं । तपसिलको मिति, समय र माध्यमबाट हुने फोरमको प्रथम वार्षिकोत्सव तथा समीक्षात्मक कार्यक्रममा खुल्ला रुपमा सादर आमन्त्रण गर्दछौं ।
तपसि
मितिः २०८२/०४/२२ गते (०७ अगस्त, २०५५), बिहीबार
समयः बेलुकी ७ः३० बजे देखि ९ः०० बजेसम्म
माध्यमः अनलाईन गुगल मिट
यहाँहरुवाट प्राप्त सकारात्मक र रचनात्मक प्रतिक्रिया एवम् राय सुझावको आधारमा यो बहस तथा सम्वाद कार्यक्रमलाई सुधार गरिदै लगिनेछ । तसर्थ २०८२ श्रावण २२ गते बिहीवार बेलुकी हुने प्रथम वार्षिकोत्सव कार्यक्रममा यहाँहरुको प्रतिक्रिया सहित शुभकामनाको अपेक्षा गर्दछौं । आफ्नो प्रतिक्रिया, राय सुझाव र शुभकामना देहायको लिङ्क मार्फत उपलब्ध गराई दिनु हुन विनम्रताका साथ अनुरोध गर्दछौः
