रोजगार सेवा केन्द्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ (मस्यौदा) प्रस्तावना: नेपालको संविधानद्वारा प्रत्याभूत रोजगारी सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न तथा नागरिकलाई सम्मानजनक रोजगारीको अवसर सुनिश्चित गर्न, श्रम बजार व्यवस्थापन एवम्‌ सुधार गर्न, सीपयुक्त जनशक्तिको परिचालन गर्न, स्थानीय तहमा आन्तरिक रोजगार प्रवर्द्धन गर्न, बेरोजगारी दर घटाउन तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहजीकरणमार्फत नेपाल सरकारद्वारा जारी रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा १० बमोजिम प्रत्येक स्थानीय तहमा स्थापित रोजगार सेवा केन्द्रको समुचित व्यवस्थापन, (प्रैभावकारी सञ्चालन र गुणस्तरीय रोजगार सेवा प्रवाह गर्न वाञ्छनीय भएकोले, रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ३२ को अधिकार प्रयोगगरीर॑…’…….

लेयो कार्यविधि बनाएको छ । परिच्छेद-१ प्रारम्भिक २. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नोर्म “रोजगार सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ (मस्यौदा)” रहेको,छ (२) यो कार्यविधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ । ३. परिभाषा: विषय वा प्रसङ्गले अर्को/अर्थ नलागेमा यस कार्यविधिमा, (क) “ऐन” भन्नाले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ सम्झनुपर्छ ।

(ख) “नियमावली” भन्नाले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ सम्झनुपर्छ (ग) “मन्त्रालय” भन्नाले संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्झनुपर्छ ।

स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रलाई व्यवस्थित, प्रभावकारी एवम् नतिजामुखी बनाउने अभिप्रायले तयार गरिएको रोजगार सेवा केन्द्र (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी कार्यविधिको मस्यौदा उपर आवश्यक सुझाव एवम् धारणा प्रस्तुत गर्नु हुन सम्बन्धित सबै सरोकारवाला महानुभावहरुलाई हार्दिक आग्रह गर्दछौं । यसमा कार्यविधि (मस्यौदा) मा थपघट गर्नुपर्ने विषयवस्तुहरुलाई स्पष्ट रुपमा खुलाई esrdfnepal@gmail.com मा पठाउनु हुन समेत अनुरोध छ ।

Categorized in:

Blog, Download,

Last Update: October 30, 2026