Employment Sector Reform Dialogue Forum ले “Bridging the Skills GAP: Linking Employment” विषयमा केन्द्रित रही आफ्नो १७ औँ संवाद शृङ्खला यही २०८२ मंसिर २५ गते (११ नोभेम्बर २०२५) का दिन बेलुकी ७:०० बजेदेखि ८:४५ बजेसम्म अनलाइन माध्यम (Google Meet) मार्फत आयोजना गर्दैछ। यस सम्वाद कार्यक्रममा डा. रामहरि लामिछाने, पिएचडी (Quality Assurance & Innovation Management Expert) ज्यूले नेपालमा विद्यमान सीप अभाव, भविष्यका सीप आवश्यकता तथा रोजगारसम्बन्धी उदयमान चुनौती र अवसरबारे महत्वपूर्ण प्रस्तुतीकरण प्रदान गर्नु हुनेछ। यस बहसमा कार्यक्रममा तल उल्लेखित विषयहरूमा केन्द्रित रही बहस एवम् छलफल गरिनेछः
नेपालमा सीप अभावको वर्तमान अवस्थाः (Situation of Skill GAP)
क्षेत्रगत सीप अभाव विश्लेषणः (Sector-Specific Skills GAP)
उदयोन्मुख रोजगार बजार तथा भविष्यका सीप आवश्यकताः (Emerging Job Market & Future Skills)
सीप विकास तथा रोजगारी कार्यक्रमहरूको वित्तीय संरचना (Financing of Skills Development & Employment Programs)
यस बहस, छलफल तथा सम्वाद कार्यक्रममा रोजगार, श्रम, शिक्षा, सीप विकास, निजी क्षेत्र, सरकार, अनुसन्धानकर्ता, युवा तथा सरोकारवाला सबै महानुभावहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।
सहभागी हुन चाहनेहरूले तलको लिंकमा गई दर्ता तथा आफ्ना प्रश्न/जिज्ञासा वा सुझाव राख्न सक्नु हुनेछः
🔗 दर्ता फारम (Registration Link):
https://forms.gle/qBHnW9wZjwtY1VEQ9
