Employment Sector Reform Dialogue Forum को चौधौ शृङ्खला “नेपालमा युवा रोजगारीका अन्तरसम्बन्ध (Nexus for Youth Employment in Nepal)” विषयमा केन्द्रित रही यहि मिति २०८२ भदौं २६ गते (११ सेप्टेम्बर, २०२५) का दिन बेलुकी ७.३० देखि ९.०० बजेसम्म अनलाईन (Google Meet) मार्फत बहस, छलफल एवम् सम्वाद गर्दैछौं । यस छलफल कार्यक्रममा सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एण्ड एडमिनिस्ट्रेसन (CEDA) का एक्सपर्ट प्रोफेसर (इकोनोमिक्स) एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. श्री राम कुमार फुयाल ज्यू किनोट स्पिकरको रुपमा रही आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ । यस अनलाईन सम्वाद् कार्यक्रममा निम्न विषयवस्तुहरुमा केन्द्रित रही बहस एवम् छलफल गरिनेछ ।
- नेपालमा युव रोजगारीको अवस्था
- युवा रोजगारीका मुख्य आयामहरु
- युवा रोजगारीका मुख्य अवरोधहरु
- युवा रोजगारीका लागि सम्भावनाका मुख्य क्षेत्रहरु
- युवा रोजगारीका लागि सरोकारवालाहरुको भूमिका
यस बहस एवम् छलफल कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले देहायको लिङ्कमा गई आफ्नो विवरणहरु सहित प्रश्न/जिज्ञासा वा सुझावहरु राख्न सक्नु हुनेछः https://forms.gle/7ujqUxicM1363CVX7
